नर्मदेश्वरी सत्यालद्वारा तयार पारिएको पुस्तक “रमेकै छु म” एक निबन्धसङ्ग्रह हो ।
लेखकले यस पुस्तकमा आफू जन्मेको नौ महिनामै टुहुरी हुनुपरेका कारण र तत्कालीन पितृसत्तात्मक समाजमा छोरीका प्रति समाजको दृष्टिकोण, छोरीका प्रति गरिने विभेद र उत्पीडन, आफ्नो पढ्ने चाहना र प्रतिभामा लागेको अङ्कुश, मावलमा आश्रय पाएकीले प्राप्त भएको लाडप्यार तथा अवसरको सदुपयोग, विभिन्न भूमिकामा रहेर गरेको सेवालगायतका समग्र यथार्थको उद्घाटन गरेकी छिन् ।
उनको यो लेखनीले वास्तवमै छोरीका लागि यो समाज कति विभेदकारी थियो भन्ने कुरा ऐनाजस्तै छर्लङ्ग पारेको छ ।
| Book | |
|---|---|
| ISBN | 9789937114226 | 
| Publisher | Bhundipuran Prakashan | 
| Language | Nepali | 
| Uncategorized | |
| Weight | 350 g | 
| Binding | Paperback | 
| Author(s) | नर्मदेश्वरी सत्याल |