भुँडीपुराण प्रकाशनको “ऐंजेरुको छेस्को” जगन्नाथ दाहालद्वारा तयार पारिएको गजलसंग्रह हो ।
यस गजलसंग्रहमा जगन्नाथ दाहालले अधिकांश गजलमा शास्त्रीय छन्द तथा बहरको प्रयोग गर्नुभएको छ भने केही गजलमा झ्याउरे र सवाइ छन्दको पनि प्रयोग गर्नुभएको छ ।
यस पुस्तकमा लेखकले वहुविषयको प्रयोग गर्नुभएको छ ।
मायाप्रीतिका साथै समसामयिक राजनीति, समाज, संस्कृति आदिसित सम्बन्धित विषयले गजलको रुप पाएका छन् । व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको तीतो यथार्थ निम्नलिखित शेरले बोलेको छ ।
गरीब हाँस्यो र कहाँ समाजमा?
छ पीडितै त्यो धनको अभावमा
| Book | |
|---|---|
| ISBN | 9789937729352 | 
| Publisher | Bhundipuran Prakashan | 
| Language | Nepali | 
| Uncategorized | |
| Weight | 200 g | 
| Binding | Paperback | 
| Author(s) | जगन्नाथ दाहाल |