भुँडीपुराण प्रकाशनको “अँध्यारोको अगुल्टो” जगन्नाथ दाहालद्वारा रचिएको गजल संग्रह हो ।
प्रस्तुत संग्रहका गजलहरूमा विविध प्रकारका लय समातिएको छ ।
यस संग्रहमा मुताकारिब, मुतदारिक, हजज, हजज मकबुज, मुजारे लगायतका बहर तथा पिङ्गल छन्दअन्तर्गत उपेन्द्रवज्रा, इन्दिरा, विध्युन्माला, चम्पकमाला लगायतका छन्दहरूको प्रयोग गरी शास्त्रीय छन्द/बहरको प्रयोग गरिएका गजलहरू समेटिएका छन् ।
झ्याउरे, सवाई जस्ता लोकलयको प्रयोग गरिएको गजलहरू पनि यहाँ अटाएका छन् ।
त्यस्तै उच्चार्य सममात्राको गजलहरू पनि संग्रिहित छन् ।
यसरी हेर्दा ‘अँध्यारोको अगुल्टो’ भित्रका गजलहरूले गजलको शास्त्रीयता समातेर मौलिक शैली समेत स्थापना गरेका छन् ।
| Book | |
|---|---|
| ISBN | 9789937729932 | 
| Publisher | Bhundipuran Prakashan | 
| Language | Nepali | 
| Uncategorized | |
| Weight | 200 g | 
| Binding | Paperback | 
| Author(s) | जगन्नाथ दाहाल |