भुँडीपुराण प्रकाशनको “उद्बोधन” मित्रलाल पंज्ञानीद्वारा रचिएको निबन्ध संग्रह हो ।
प्रस्तुत निबन्धसंग्रहमा साढे तीन दर्जन जति आलेख समावेश गरिएका छन् ।
यस निबन्धसंग्रहका निबन्धहरूमा विषयवस्तुको विविधता छ र त्यसको केन्द्रमा मानिस रहेको छ ।
यहाँ पुस्तकको थालनी मान्छेबाट हुन्छ र अन्तिमसम्मका आलेखहरू पनि मान्छेद्वारा मान्छेमाथि हुने उत्पिडनकै विरोध र मुक्तिको खोजीमा केन्द्रित छन् ।
यहाँ मान्छेमाथि हुँदै आएको उत्पीडन र मुक्तिको प्रश्नबारे दार्शनिक, आचारमीमांसीय, अर्थशास्त्रीय, राजनीतिक, मनोवैज्ञानिक, विज्ञान तथा प्रविधि विषयक, सांस्कृतिक र सौन्दर्यशास्त्रीय सहित विविध ढङ्ग र कोणबाट अध्ययन गर्ने प्रयास गरिएको छ ।
| Book | |
|---|---|
| ISBN | 9789937747134 | 
| Publisher | Bhundipuran Prakashan | 
| Language | Nepali | 
| Uncategorized | |
| Weight | 350 g | 
| Binding | Paperback | 
| Author(s) | मित्रलाल पंज्ञानी |