भुँडीपुराण प्रकाशनको "म्याकबेथ" विलियम शेक्सपियरद्वारा रचिएको र मधुसूदन पाण्डेयद्वारा अनुवाद गरिएको नाटक हो ।
पाण्डेयकै शब्दमा: "जब मानिसमा दानवी प्रवृत्तिले विजय त्यतिबेला उसमा मानवीयता हराउँछ। त्यही मानवीयता हराई दानवी प्रवृत्तिले विजय प्राप्त गरेका कृति नै प्रस्तुत म्याकबेथ (नाटक) हो । म्याकबेथलाई शेक्सपियरका महान् कृतिहरूमध्येको एकमा गणना गरिएको छ र यो उनको दु:खान्त नाटक हो । यसमा जति घटनाको वर्णन गरिएको छ ती सम्पूर्ण ऐतिहासिकका साथसाथै काल्पनिक छन् । म्याकबेथमाथि दानवी प्रवृत्तिले विजय प्राप्त गरेपछि यसको कथा आरम्भ भई त्यस दानवी प्रवृत्तिमाथि पुन: मानवीय प्रवृत्तिले विजय प्राप्त गरेपछि कथा समाप्त हुन्छ ।"
| Book | |
|---|---|
| ISBN | 9789937747288 | 
| Publisher | Bhundipuran Prakashan | 
| Language | Nepali | 
| Uncategorized | |
| Weight | 350 g | 
| Binding | Paperback | 
| Author(s) | मधुसूदन पाण्डेय |