भुँडीपुराण प्रकाशनको “परदेशी मित्र” इन्दिरा दीक्षितद्वारा तयार पारिएको कथा सङ्ग्रह हो ।
प्रस्तुत कथासङ्ग्रहमा नितान्त सामाजिक परिवेशलाई आधार बनाएर लेखिएका कथाहरू रहेका छन् ।
पश्चिमा मुलुक बेलायत र अस्ट्रेलिया बसाइका क्रममा कथाकारले देखेको त्यस दुनियाँको सामाजिक रहनसहन र त्यतैको परिवेशले कथाकारलाई निकै प्रभाव पार्यो र तिनै पृष्ठभूमीलाई आधार बनाएर केही कथा तयार परिएका छन् ।
साथै, आफ्नो घरदेश छोडेर प्रवासी बनेका नेपालीको हालत र उनका कथाव्यथालाई पनि छर्लंगयाउने प्रयास गरिएको छ ।
साथै नेपालभित्रका घतलाग्दा विषयहरू पनि समेट्ने प्रयास गरिएको छ ।
| Book | |
|---|---|
| ISBN | 9789937747493 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 350 g |
| Binding | Paperback |
| Author(s) | इन्दिरा दिक्षित |