भुँडीपुराण प्रकाशनको “स्वर्गको गाथा” मणि नेपाली पनेरुद्वारा तयार पारिएको गीतिसङ्ग्रह हो ।
मणि नेपाली पनेरू गीतिरचनामा स्थायी र अन्तराको प्रविधि बुझेका समयसचेत गीतकार हुन् ।
उनका गीतरचनामा सस्तो प्रेम भन्दा पनि गम्भीर प्रेम र समाजसँग सरोकार राख्ने बहुमुखी विषयवस्तु र ती विषयवस्तुअनुरूपका भावाभिव्यक्ति भएको पाइन्छ ।
उनका गीतलाई सरसरती पढ्दा मोटामोटी क्रान्ति चेतना, जागरणधर्मिता, प्रेमप्रणय, राष्ट्रिय चेतना, प्राकृतिक चेतना, पीडाव्यथाजन्य मानवीय अनुभूतिको प्रष्टीकरण, प्रेमप्रणय जस्ता विषयवस्तु र ती विषयअनुकूलका भावाभिव्यक्ति पाइन्छ ।
साङ्केतिक रूपमा यस पुस्तकमा समेटिएका विभिन्न सङ्केत र विम्ब एवम् प्रतीकको पनि प्रयोग भएको छ ।
| Book | |
|---|---|
| ISBN | 9789937772150 | 
| Publisher | Bhundipuran Prakashan | 
| Language | Nepali | 
| Uncategorized | |
| Weight | 200 g | 
| Binding | Paperback | 
| Author(s) | मणि नेपाली पनेरु |