भुँडीपुराण प्रकाशनको “आजलाई यति नै” प्रकाशमणि दहालद्वारा तयार पारिएको निबन्धसङ्ग्रह हो ।
प्रस्तुत कृतिमा ५२ वटा विश्लेषणात्मक निबन्ध सङ्कलित छन् ।
आत्मपरक र वस्तुपरक दुवै खाले निबन्धलेखनको सन्धिस्थलको बाटो भएर यी निबन्धहरू रचिएका छन् ।
भावुकतालाई भन्दा चिन्तन र विचारलाई प्रमुखता दिइएका यी निबन्ध बौद्धिक पर्यवेक्षण त हुँदै हुन् साथै राजनैतिक विसङ्गति र रूढिवादलाई उदाङ्गो पार्दै सही समाधानतर्फ उन्मुख तुल्याउने दस्ताबेज पनि हुन् ।
| Book | |
|---|---|
| ISBN | 9789937772570 | 
| Publisher | Bhundipuran Prakashan | 
| Language | Nepali | 
| Uncategorized | |
| Weight | 350 g | 
| Binding | Paperback | 
| Author(s) | प्रकाशमणि दहाल |