भुँडीपुराण प्रकाशनको “गुणरत्नमाला” पं जगन्नाथ उपाध्याय गुरागाञींद्वारा रचिएको धार्मिक पुस्तक हो ।
जसरी श्रीमद्भगवद्गीतालाई कर्म, भक्ति र ज्ञानको त्रिवेणी भनिएको छ, त्यसरी नै सानो, नेपालीमा लिखित, पूर्वदेखि पश्चिमसम्मका पाठकमा डेढ सय वर्षअघिदेखि लोकप्रिय यस कृतिमा पानि बहुआयामिक विषयसामग्री समेटिएका छन् ।
यस पुस्तकमा कतिपय कविताले लोकव्यवहारमा सफल हुने सूत्रको बोध गराउँछन् भने कतिपय कविताले पुराण-इतिहासको उदाहरण दिएर मानिसलाई प्रेरित गराउँछन् ।
कतिपय कविता नितान्त धार्मिक साधनामा उत्प्रेरित गराउने खालका पनि छन् ।
| Book | |
|---|---|
| ISBN | 9789937772594 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 200 g |
| Binding | Paperback |
| Author(s) | पं जगन्नाथ उपाध्याय गुरागाञीं |