भुँडीपुराण प्रकाशनको “पाका मान्छेका कुरा” प्रा.डा. मुकेशकुमार चालिसेद्वारा तयार पारिएको पुस्तक हो ।
बुढ्यौली उमेरका आफ्ना आमाबाबु तथा आफन्तलाई एक समस्याका रूपमा हेरिने र परिवारका सदस्यले उचित हेरचाह तथा स्याहारसुसार नगर्ने समस्या त निम्द पूँजिवादी, नवधनाढ्य वर्ग र तथाकथित आधुनिकता उन्मुख परिवारमा देखिएको छ । जेष्ठनागरिकप्रति गरिएको व्यवहार दुखद रूपले रहेको देखिन्छ र सुनिन्छ । प्रायः यस्तै वर्ग र समूहमा पाका र अशक्तहरूको बिजोक हिजोआज सर्वसाधारणका कथा-व्यथा बनेको वर्तमान साहित्यका विभिन्न विधागत सिर्जनाहरूमा असरल्ल पाईन्छ । तिनै र त्यस्तै परिवेशका भोगाई र मनोविज्ञानलाई प्रा.डा. मुकेश चालिसेका यस सङ्ग्रहका निबन्धमा रहेका छन् ।
| Book | |
|---|---|
| ISBN | 9789937772785 | 
| Publisher | Bhundipuran Prakashan | 
| Language | Nepali | 
| Uncategorized | |
| Weight | 350 g | 
| Binding | Paperback | 
| Author(s) | प्रा.डा. मुकेशकुमार चालिसे |